भोटेकोशी बाढीमा यातायात क्षेत्रका ३४४ जना मजदुर बेपत्ता, १९१ सवारीसाधनमा क्षति
kendrabindu.com · Thu Sep 17 03:58:10 GMT 2026

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत १ सय ९१ सवारीसाधनमा क्षति पुगेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका नौ कम्पनीका १ सय ९१ सवारीसाधनमा क्षति पुग्दा ती सवारीसाधनका चालक, सहचालक र यात्रु गरी ३ सय ४४ व्यक्ति बेपत्ता भएका छन् । महासङ्घका अनुसार भोटेकोशी बाढीबाट नेपाल अरनिको यातायात सेवा प्रालिअन्तर्गत १९ बस, एक मिनिट्रक, दुई जीप, चार कन्टेनरमा क्षति पुग्दा ५० मजदुर बेपत्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)