मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुराको हिमाली सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा

nepalviews.com · Thu Jun 25 04:45:36 GMT 2026

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ रूप, रंग र यौवन धारण गर्छन् । हरियालीले छपक्क ढाकिएका डाँडापाखा, सेताम्य कुहिरोले अँगालो हालेका हिमाल, विशाल घाँसे पाटन र फाँट तथा बादलसँग लुकामारी खेल्ने हिमशिखरहरूले बाजुरालाई प्रकृतिको अनुपम चित्रशाला बनाइदिन्छन् ।

बाजुराको हिमाली भूभागमा पुग्ने जो–कोहीलाई पहिलो दृष्टिमै स्वर्गीय अनुभूति हुन्छ । यहाँका अग्ला डाँडापाखा हरियालीको तन्नामा सुतिरहेका देखिन्छन् भने कुहिरोले तिनलाई सिरक ओढाइदिएको आभास हुन्छ । हिमालको काखमा फैलिएका विशाल फाँट र चरन क्षेत्रले प्रकृतिको सौन्दर्यलाई अझ जीवन्त बनाएका छन् । हरियो घाँसले ढाकिएका पाटनहरूलाई हेर्दा लाग्छ, प्रकृतिले आफ्नै हातले विशाल हरियो कार्पेट ओच्छ्याएकी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय