अमेरिकी संसदबाट रुस र इरानमाथि प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयक पारित
kendrabindu.com · Thu Sep 17 04:04:09 GMT 2026

काठमाडौं । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले रुस र इरानमाथि प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयक पारित गरेको छ । सदनमा विधेयकको पक्षमा २६२ र विपक्षमा १५९ मत परेको थियो । अब विधेयक ह्वाइट हाउस जानेछ । र, राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि कानुनको रूप लिनेछ ।
रुस र इरानलाई लक्षित गरी व्यापक प्रतिबन्ध लगाउने उद्देश्यले ल्याइएको यस विधेयकको आधिकारिक नाम ‘लिन्डसे ओ. ग्राहम स्यांकसनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ राखिएको छ । विधेयकले रुसको ऊर्जा तथा रक्षा क्षेत्र, रुसी अधिकारी, बैंक तथा तेल ओसारपसारमा संलग्न ‘स्याडो फ्लिट’माथि प्रतिबन्ध कडा बनाउने व्यवस्था गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)