भेनेजुएलामा एक मिनेटभित्रै दुई शक्तिशाली भूकम्प, आपत्काल घोषणा
nepalnews.com · Thu Jun 25 04:52:20 GMT 2026

काठमाडौँ। दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलाको उत्तरी तटीय क्षेत्रमा बिहीबार एक मिनेटभित्रै दुई शक्तिशाली भूकम्प गएपछि सरकारले देशभर आपत्कालीन अवस्था घोषणा गरेको छ। भूकम्पका कारण भवनहरू भत्किएका छन् भने नागरिकहरू ज्यान जोगाउन सडकमा निस्किन बाध्य भएका छन्।
सीएनएनका अनुसार पहिलो ७.२ म्याग्निच्युडको भूकम्प स्थानीय समयअनुसार साँझ ६:०४ बजे सान फेलिप नजिक गएको थियो। त्यसको करिब ४० सेकेन्डपछि युमारेको दक्षिणपूर्व क्षेत्रमा ७.५ म्याग्निच्युडको अझ शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
डेल्सी रोड्रिगेज