सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
nagariknews.nagariknetwork.com · Thu Sep 17 04:04:56 GMT 2026

बालबालिकालाई सामाजिक सञ्जालका लत लाग्ने तथा हानिकारक डिजिटल फिचरबाट जोगाउन युरोपेली संघ (ईयू) ले नयाँ नियम प्रस्ताव गर्ने तयारी गरेको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार युरोपेली संसद्मा बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी प्रस्ताव अघि बढाउने तयारी गरेका छन्।
प्रस्तावित ‘ईयू किड्स एक्ट’ अन्तर्गत १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नै नाममा सामाजिक सञ्जाल, भिडियो सेयरिङ प्लेटफर्म, एआई च्याटबोट तथा केही अनलाइन सेवामा स्वतन्त्र खाता खोल्न प्रतिबन्ध लगाउने योजना अघि सारिएको छ। प्रस्तावको अन्तिम स्वरूप भने ईयूका सदस्य राष्ट्र र युरोपेली संसदबीचको छलफलपछि तय हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)