रेड डट डिजाइन अवार्ड विजेता Chery Q नेपालमा सार्वजनिक गरिँदै
annapurnapost.com · Thu Jul 16 14:40:13 GMT 2026

काठमाडौं : नेपालका लागि Chery ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्प ले विश्वप्रसिद्ध २०२५ Red Dot Design Award तथा २०२६ iF Design Award प्राप्त गरेको Chery Q लाई NAIMA Mobility Expo 2026 मार्फत नेपालमा पहिलो पटक सार्वजनिक गर्ने घोषणा गरेको छ।
विश्वकै प्रतिष्ठित डिजाइन सम्मानमध्ये एक मानिने Red Dot Design Award 2025 ले Chery Q लाई यसको आकर्षक डिजाइन, नवीन सोच तथा सौन्दर्य र उपयोगिताबीचको उत्कृष्ट संयोजनका लागि सम्मानित गरेको हो। अन्तर्राष्ट्रिय डिजाइन विज्ञहरूको निर्णायक मण्डलद्वारा प्रदान गरिने यस पुरस्कारले नवप्रवर्तन, गुणस्तर तथा उत्कृष्ट प्रयोगकर्ता अनुभवलाई नयाँ उचाइमा पुर्याउने उत्पादनहरूलाई सम्मान गर्ने गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)