मधेसमा तस्करीको जालो भत्काइँदै : ठुलो परिमाणमा फर्सीको बीउसहित पाँच सवारीसाधन नियन्त्रणमा
nagariknews.nagariknetwork.com · Thu Jun 25 04:53:38 GMT 2026

सशस्त्र प्रहरीले बुधबार राति सर्लाहीमा ठुलो परिमाणमा फर्सीको बीउसहित पाँचवटा सवारीसाधन नियन्त्रणमा लिएको छ। सर्लाहीको बलरा नगरपालिका–२ स्थित हथियौल–छनकी नाका हुँदै अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको अवस्थामा करिब दुई सय बोराभन्दा बढी फर्सीको बीउ संगै चारवटा भारतीय नम्बर प्लेटका पिकअप भ्यान र एउटा नेपाली नम्बरको ट्रकसमेत नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरीका अनुसार सर्लाहीको पश्चिमी सीमावर्ती नाकाबाट ठूलो परिमाणमा फर्सीको बीउ तस्करी गरी भारततर्फ लैजान लागिएको गोप्य सूचना प्राप्त भएपछि विशेष निगरानी बढाइएको थियो। सशस्त्र प्रहरीटोलीले बिआर–०६ सिइ ९६२९, बिआर–०६ सिएच ११२१, बिआर–०६ सिसी ९४७१, बिआर–३० सिबी २७७२ नम्बरका भारतीय पिकअप तथा मधेस प्रदेश–०३–००२ ख ०३०६ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
मधेस प्रदेश
भन्सार विभाग