मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्रामीण अर्थतन्त्रमा अदुवा–बेसारको योगदान

gorkhapatraonline.com · Thu Jun 25 05:01:44 GMT 2026

नार्कअन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट, सल्यानले यस वर्ष अदुवा तथा हलेदो (बेसार) खेतीको प्रविधि प्रवर्द्धन अभियान सम्पन्न गरेको छ। किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको नगदेबाली अदुवा र बेसारको प्रविधि प्रवर्द्धनका लागि देशका ३० भन्दा बढी जिल्लामा प्राविधिक अभिमुखीकरण गरिएको हो।

अनुसन्धान कार्यक्रमले हालै सल्यानको त्रिवेणी गाउँपालिका–१ सालिवाङमा हलेदो उत्पादक कृषक समूह गठन गरेको छ। नेत्रप्रकाश पुन अध्यक्ष, पूर्णिमा बुढाथोकी सचिव, अमृता रोका कोषाध्यक्ष रहेको नौ सदस्यीय समूह गठन गरिएको अनुसन्धान कार्यक्रमका प्राविधिक सहायक टेकबहादुर खड्काले जानकारी दिनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय