भेनेजुएलामा दुई शक्तिशाली भूकम्प: विमानस्थल र मेट्रो बन्द, मृतक संख्या उच्च हुने अनुमान
clickmandu.com · Thu Jun 25 05:03:14 GMT 2026

काराकास । भेनेजुएलाको राजधानी काराकासलाई बुधबार साँझ दुईवटा शक्तिशाली भूकम्पको मापन गरिएको छ । स्थानीय समयअनुसार साँझ ६:०४ बजे पहिलो ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो भने केही सेकेन्डमै (३९ सेकेन्डपछि) दोस्रो ७.५ म्याग्निच्युडको अझ शक्तिशाली भूकम्पले देशलाई हल्लाएको थियो। यी भूकम्प काराकासको पश्चिम क्षेत्र नजिकै केन्द्रित थिए ।
राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रिय आपतकाल घोषणा गर्दै उद्धार तथा राहत कार्यलाई तीव्रता दिन निर्देशन दिएकी छन् । उनले राष्ट्रका नाममा सम्बोधन गर्दै मृतक परिवारप्रति समवेदना व्यक्त गरेकी छन् तर अहिलेसम्म आधिकारिक मृतक संख्या सार्वजनिक गरिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
डोनाल्ड ट्रम्प
डेल्सी रोड्रिगेज