जमिन धसिएपछि मडगाउँको खर्कबस्ती विस्थापित
gorkhapatraonline.com · Thu Sep 17 04:13:39 GMT 2026

निरन्तर जमिन धसिँदै गएपछि दार्चुलाको व्यास गाउँपालिका–४ मडगाउँस्थित खर्कबस्ती विस्थापित भएको छ । लगातार जमिन धसिएर घरहरू चर्किएपछि खर्कबस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिनुभयो । महाकाली नदी किनार नजिकै रहेको उक्त बस्तीका अधिकांश घरमा मानिस बस्न सक्ने अवस्था नरहेपछि तत्कालका लागि पूरै बस्तीलाई सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो ।
अहिले पनि जमिन धसिने क्रम नरोकिएको उपाध्यक्ष कुँवरले बताउनुभयो । उहाँका अनुसार खर्कबस्तीका १८ वटा घर पूर्णरूपमा चर्किएका छन् भने १० वटा घर भत्किएका छन् । बस्तीका अन्य घरसमेत चर्किएको अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)