एमालेमा सकस : बादलले अझै बोलाएनन् कार्यदलको बैठक
baahrakhari.com · Thu Sep 17 04:10:00 GMT 2026

काठमाडौं । नेकपा (एमाले) पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले अझै बैठक आह्वान गरेका छैनन् । बिहीबार (असोज १) कार्यदलको बैठक बस्ने निर्णय यसअघि गरिएको थियो । तर, यति बेलासम्म बैठक बोलाइएको छैन ।
दुई प्रतिवेदन एकीकृत गरी भाषा सम्पादन गर्ने जिम्मा पाएका कार्यदल संयोजक बादलसहित सदस्यहरू उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल बुधबार (भदौ ३१) छलफलमा जुटेका थिए । छलफलमा अल्पमतमा परेका बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ खोजे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)