जालपादेवी केबुलकार आगामी दुई महिनाभित्र सञ्चालनमा आउने
barnanmedia.com · Wed May 13 12:52:52 GMT 2026

आईएमई समूहले कैलालीको चिसापानीमा निर्माण गरिरहेको जालपादेवी केबुलकार आगामी दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ ।
कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाउँदै निर्धारित समयमै परियोजना सम्पन्न हुने बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्माण गर्ने आयोजना निर्धारित समय, लागत र गुणस्तरमा नै पूरा गर्ने क्षमता प्रमाणित हुँदै आएको उल्लेख गर्दै जालपादेवी केबलकार पनि निर्धारित समयमै सञ्चालनमा आउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)