लोक सेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन
gorkhapatraonline.com · Thu Sep 17 04:17:00 GMT 2026

प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२/८३ को सातौँ वार्षिक प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष पेस गरेको छ ।
प्रदेश लोक सेवा आयोगका अध्यक्ष हरिप्रसाद बस्यालले बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्री आचार्यलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । आयोगका अनुसार आव २०८२/८३ मा विभिन्न सेवा र तहका एक हजार १६४ पदका लागि विज्ञापन आह्वान गरिएको थियो । तीमध्ये अन्तरतह, खुला तथा समावेशीतर्फ ८६३ र बढुवातर्फ ३०१ पद रहेका थिए । उक्त पदका लागि विद्युतीय दरखास्त प्रणालीमार्फत ८९ हजार ३१ वटा दरखास्त स्वीकृत भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)