सिटिजन्स बैंकद्वारा ४ प्रतिशत लाभांश प्रस्ताव
annapurnapost.com · Thu Sep 17 04:19:12 GMT 2026

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीहरूका लागि कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। भाद्र ३१ गते (बुधबार) बसेको बैंकको ५२१औं सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य मुनाफाबाट २०८३ असार मसान्तको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रूपैयाँको ३.८० प्रतिशतले हुने ५८, करोड ९२ लाख ८३ हजार ६१७ रूपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२० प्रतिशतले हुने ३ करोड १० लाख १४ हजार ९२७ रूपैयाँसहित कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रूपैयाँ लाभांश प्रस्ताव गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)