सहकारीको ब्याज १३ प्रतिशतमा झारियो, थप शुल्क पनि लिन नपाइने
nepalpress.com · Thu Sep 17 04:22:04 GMT 2026

काठमाडौं । सरकारले सहकारी संस्थाहरूको सन्दर्भ ब्याजदरको अधिकतम सीमा घटाएको छ । सहकारी रजिष्ट्रारको कार्यालयले असोज १ गतेदेखि लागू हुने गरी ऋणको माथिल्लो ब्याजदर १३ प्रतिशत कायम गरेको हो । यसअघि यस्तो ब्याजदर अधिकतम १६ प्रतिशतसम्म लिन पाइने व्यवस्था थियो ।
सहकारी ऐन, २०७४ को दफा ५१ को उपदफा (१) बमोजिमको समितिको सिफारिस र सहकारी नियमावली, २०७५ को नियम ७६ ले दिएको अधिकार प्रयोग गरी रजिष्ट्रार बाबुराम गौतमले नयाँ निर्देशन जारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)