बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति
nagariknews.nagariknetwork.com · Thu Jun 25 04:58:28 GMT 2026

यही असार ८ गते आएको बाढीबाट मकालु गाउँपालिकामा निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ।
अविरल वर्षासँगै आएको बाढी मकालु–२ मा निर्माणाधीन ४५ मेगावटको कसुवाखोला जलविद्युत् आयोजनाको ड्यामसाइटमा बाढी पसेर ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए। बाढीले निर्माण कम्पनी माउण्टेन इन्फ्रा कम्पनी लिमिटेडको लोडर, मिक्सचर, कङ्क्रिट पम्प मेसिन, ६० टन रड ५०० बोरा सिमेन्ट बाढीले बगाएको कम्पनीका म्यानेजर दीपक महतोले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)