तातो हावाको लहर कायमै रहने सम्भावना
nepalnews.com · Thu Jun 25 05:18:15 GMT 2026
काठमाडौँ। देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को प्रभाव आज पनि कायमै रहने सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ। विभागकी प्रवक्ता विभूति पोखरेलले गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रहसमेत गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
मौसम