म्याग्दीमा पहिरोले गाडी पुर्दा एक जनाको मृत्यु
kendrabindu.com · Thu Jun 25 05:22:02 GMT 2026

काठमाडौं । म्याग्दीमा पहिरोले गाडी पुरिँदा एक जनाको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा गएराति पहिरो खस्दा एउटा ईभी गाडी पुरिएको हो।
सो दुर्घटनामा गाडी चालक पर्साको वीरगन्ज महानगरपालिका-२१ बस्ने २३ वर्षीय सोहेल मियाको मृत्यु भएको प्रहरीले जनाएको छ। गएराति करिब २ बजे ढुंगा माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको ईभी गाडी पुरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ