बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर जोरपाटी : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’
khabarhub.com · Thu Sep 17 04:34:44 GMT 2026

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म चलाएको ‘दुहुना गाई’ वितरण कार्यक्रम प्रभावकारी नभएपछि रणनीति फेर्ने भएको छ । गाउँपालिकाले अब गाई वितरणको साटो नयाँ परिवारका लागि ‘सुरक्षित आवास’ कार्यक्रम सुरु गर्ने तयारी गरेको हो ।
नयाँ परिवारलाई उत्पादनसँग जोड्ने र पशुपालनमार्फत आम्दानीको बाटो खोल्ने उद्देश्यले आर्थिक वर्ष २०७७/७८ देखि यो अभियान सुरु गरिएको थियो । पशुपन्छी विकास शाखाका प्रमुख राजकुमार राईका अनुसार ५ वर्षको अवधिमा ५० परिवारलाई लैनो गाई वितरण गरिएको छ । पहिलो वर्ष ९ परिवारलाई गाई दिइएकामा २०७८/७९ मा १०, २०७९/८० मा १८, २०८०/८१ मा ४ र २०८१/८२ मा ३ परिवारले गाई पाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)