मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिजुलीमा भ्याट : उपभोक्तालाई ५, खानेपानीदेखि अस्पताल-स्कुलसम्म १३ प्रतिशत

onlinekhabar.com · Mon Jun 01 09:52:46 GMT 2026

१८ जेठ, काठमाडौं । सरकारले बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) ले घरायसी उपभोक्तालाई ५ प्रतिशत तथा त्यसबाहेक सिँचाइ, खानेपानी, चार्जिङ लगायत उपभोक्ताका लागि १३ प्रतिशतले मूल्य बढ्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि बिजुलीमा भ्याट कार्यान्वय गर्ने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका छन् । उनको घोषणा अनुसार आर्थिक विधेयक २०८३ मा ‘अन्तिम उपभोक्तालाई विद्युत् सेवा प्रदान गर्ने व्यक्तिले कर लाग्ने मूल्यमा ५ प्रतिशतका दरले कर निर्धारण गरी असुलउपर गर्नुपर्ने छ,’ भन्ने उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)