दुई महिनामै १ खर्ब ८३ अर्ब राजस्व संकलन, पुँजीगत खर्च भने १.७८ प्रतिशत मात्र
ratopati.com · Thu Sep 17 04:41:53 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौ मसान्तसम्म सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । दुई महिनामा संकलित राजस्व वार्षिक लक्ष्यको ११.५९ प्रतिशत हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षको राजस्व संकलनमा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष भदौ मसान्तसम्म १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । यस वर्ष २५ अर्ब ६७ करोड रुपैयाँ बढी संकलन भएको छ । सरकारले चालु आर्थिक वर्षभरिमा कुल १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)