मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाई खरिदका लागि आजदेखि आवेदन दिन सकिने
arthasansar.com · Thu Sep 17 04:42:43 GMT 2026

मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाई सार्वजनिक निष्कासन तथा बिक्री खुला भएको छ। मुक्तिनाथ विकास बैंक प्रवद्र्धक रहेको यस योजनाको इकाई बिक्री आज असोज १ गते बिहीबारदेखि खुला भएको हो।
यस योजनाअन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका दरले कुल १० करोड इकाई निष्कासन गरिनेछ । जसबाट १ अर्ब रुपैयाँ संकलन हुनेछ। कुल निष्कासनको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई सुरक्षित गरिएको छ । जसमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई प्रवद्र्धक मुक्तिनाथ विकास बैंकलाई र २ प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटललाई छुट्याइएको छ। बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई भने सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको छ। बाँकी न्यूनतम लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिँदा प्रतिइकाई १० रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)