‘पाणिनि तपो भूमि’ लाई ‘रण–अम्बिका’ सेवा पुरस्कार प्रदान
ratopati.com · Mon Jun 01 10:02:14 GMT 2026

काठमाडौँ । रण अम्बिका शाह सेवा गुठीले पाणिनि तपो भूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समिति, अर्घाखाँचीलाई नगद रु. १ लाख ११ हजार १ सय ११ को राशि सहित ‘रण–अम्बिका सेवा पुरस्कार २०८३ ’ प्रदान गरेको छ।
गुठीका अध्यक्ष डा. चिन्तामणि नाथ योगीको अध्यक्षता र प्राज्ञिक व्यक्तित्व एवम् पूर्व राजदूत प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पाणिनि तपो भूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष पुष्करराज पोख्रेल र उक्त समितिका अन्तर्राष्ट्रिय संयोजक नेत्रबन्धु पोख्रेलले सम्मान पत्र तथा पुरस्कार ग्रहण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)