आगामी तीन दिन यी जिल्लामा बाढीको जोखिम, कुन नदीको अवस्था कस्तो?
ratopati.com · Thu Sep 17 04:47:21 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल नै रहेको छ।
महाशाखाले आगामी तीन दिनका लागि नदीहरूको जलसतह र बाढीको अवस्थाबारे पूर्वानुमान सार्वजनिक गर्दै असोज १, २ र ३ गते कोशी जलाधार क्षेत्रका चतरास्थित सप्तकोशी, त्रिवेणीको तमोर, सिम्लेको अरुण र खुवाबजारको दुधकोशी नदीमा जलसतह उल्लेख्य बढ्ने जनाएको छ । बुस्तीको तामाकोशीमा आज सामान्य वृद्धि भए पनि असोज २ र ३ गते जलसतह उल्लेख्य बढ्ने सम्भावना देखिएको छ। हम्पचुवारको सुनकोशी नदीमा पनि तीनै दिन जलसतह उल्लेख्य रूपमा बढ्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)