१६ वर्ष, ६३ खेल र करिब २५ यार्ड परबाट त्यो दर्शनीय प्रहार
baahrakhari.com · Mon Jun 01 10:08:00 GMT 2026

काठमाडौं । लड्नै लाग्दा लिएको प्रहारले श्रीलंकन पोस्टको टप कर्नर जाली चुम्छ । रेनुका नगरकोटे, गोलपछि लडेको आफ्नो शरीरलाई सम्हाल्छिन् । करिब २५ यार्ड परबाट लिएको प्रहार दर्शनीय गोलमा परिणत भएपछि सहकर्मी रश्मीकुमारी घिसिङ रेनुका नजिकै पुग्छिन् र खुसी साट्छिन् ।
साफ महिला च्याम्पियनसिप–२०२६ मा नेपाली टिमले श्रीलंकाविरुद्ध आइतबार २–० को संघर्षपूर्ण जित निकाल्दा रश्मीसँगै रेनुकाले गोल गरिन् । उनको खेल करियरमा यो गोल अर्थपूर्ण छ । कारण, नेपाली राष्ट्रिय महिला टिमकी सबैभन्दा पुरानो सदस्य रहेकी रेनुकाको अन्तर्राष्ट्रिय करियरले १६ वर्ष टेक्दाको यो पहिलो गोल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
साफ महिला च्याम्पियनसिप