कृष्णभीरमा नयाँ ट्र्याक बनेपछि पोखरा–काठमाडौं बस सेवा पुनः सञ्चालन
kendrabindu.com · Thu Sep 17 04:52:41 GMT 2026

पोखरा । रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्ड सञ्चालनमा ल्याइएसँगै पोखरा–काठमाडौं बस सेवा पुनः सुरु गरिएको छ । सडकखण्ड सञ्चालनमा ल्याइएसँगै बिहीबार (असोज १) बिहानदेखि सबै प्रकारका सवारीसाधन दुईतर्फी सञ्चालन गरिएको हो ।
योसँगै पोखराबाट काठमाडौं र काठमाडौंबाट पोखरा आउने बसहरू पुनः चल्न थालेका छन् । पोखरा पर्यटन बसपार्कबाट बिहीबार बिहान २५ पर्यटक बस काठमाडौंका निम्ति छुटेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एवं नाट्टा गण्डकी प्रदेशका पूर्वअध्यक्ष हरिराम अधिकारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)