‘डीडीसीबाट सुधारको सुरुआत गरिएको हो, निजी क्षेत्रलाई उपेक्षा गर्ने सरकारको कुनै नीति छैन’
ratopati.com · Mon Jun 01 10:17:01 GMT 2026

ललितपुर। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रको दिगो विकासका लागि तीनै तहका सरकार, कृषक, निजी क्षेत्र र सरोकारवालाबिच आपसी सहकार्य आवश्यक रहेको बताएकी छन्। २६ औँ राष्ट्रिय दुग्ध दिवसको अवसरमा सोमबार ललितपुरमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएकी हुन्।
दुग्ध व्यवसायलाई थप प्रभावकारी र व्यावसायिक बनाउन जलवायुमैत्री पशुपालन, आहारा व्यवस्थापन, पशु स्वास्थ्य तथा बजार व्यवस्थापनका क्षेत्रमा थप सुधार आवश्यक रहेको भन्दै सरकार यसका लागि निरन्तर लागिपरेको उनले स्पष्ट पारिन्। कार्यक्रममा बोल्दै मन्त्री चौधरीले दुग्ध क्षेत्रले हाल उत्पादन लागतमा भएको वृद्धि, उपभोक्ताको घट्दो सङ्ख्या, भौगोलिक जटिलता, पशु रोग व्यवस्थापन, जलवायु परिवर्तन, अपर्याप्त बजारीकरण तथा किसानले समयमै भुक्तानी नपाउने जस्ता बहुआयामिक चुनौतीहरू सामना गरिरहेको उल्लेख गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)