न्युयोर्कमा हिमालयन जलवायु न्यायको ऐक्यबद्धता सभा गर्न अधिकारीको सुझाव
nepalviews.com · Thu Sep 17 04:55:42 GMT 2026

काठमाडौं । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. विपिन अधिकारीले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा नेपालको धारणा प्रस्तुत गर्ने क्रममा न्युयोर्कस्थित नेपाली समुदायले हिमालयन जलवायु न्यायको पक्षमा ऐक्यबद्धता सभा आयोजना गर्नुपर्ने सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीले यूएनमा नेपालको सन्देशलाई विपद्पीडित राष्ट्रका रूपमा सहायता माग्ने विषयमा मात्र सीमित नराखी जलवायु अन्याय भोगिरहेको राष्ट्रको न्यायोचित दाबीका रूपमा प्रस्तुत गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)