फावाखोलामा कुकुरको आतङ्क
gorkhapatraonline.com · Thu Sep 17 05:03:14 GMT 2026

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फावाखोलामा कुकुरको आतङ्क बढेको छ । कुकुरले सर्वसाधारण किसानले पालेका पशुपन्छीमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् ।
फुङ्लिङ नगरपालिका–११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराई (योगेश) का अनुसार पछिल्लो एक सातायता कुकुरले पशुपन्छीमाथि आक्रमण गर्दै आएका छन् । घरपालुवा तथा सामुदायिक (भुस्याहा) कुकुरले निरन्तर आतङ्क मच्चाएपछि स्थानीयमा त्रास बढेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)