इलामा जिप दुर्घटना : चालकको मृत्यु
annapurnapost.com · Thu Sep 17 04:51:08 GMT 2026

इलाम : इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार प्र.१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप देउमाई नगरपालिका –१ साधुगाउँमा पल्टिँदा चालक देउमाई नगरपालिका –०१ चमैताका तीर्थराज बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)