बजेटको बिजुली शुल्कको व्यवस्थाप्रति कुलमानको आपत्ति
nagariknews.nagariknetwork.com · Mon Jun 01 10:09:13 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयप्रति गम्भीर आपति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत घिसिङले उक्त निर्णय अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय ऊर्जा नीति तथा उपभोक्ताको हितविपरीत रहेको बताए । विद्युत खपत बढाउनुपर्ने वर्तमान अवस्थामा कर लगाएर उपभोक्तालाई निरुत्साहित गर्ने नीति स्वच्छ ऊर्जा प्रवद्र्धन तथा विद्युतीकरण अभियानसँग मेल नखाने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
स्वर्णिम वाग्ले
काठमाडौँ