भारतीय कारभित्र चार थान पेस्तोल र ६ वटा गोली भेटियो
kendrabindu.com · Thu Sep 17 05:14:13 GMT 2026

काठमाडौं। सशस्त्र प्रहरी बलले पर्साको वीरगञ्ज महानगरपालिका–१५, बास्तुबिहार चोकमा कटुवा पेस्तोल र गोलीसहित भारतीय कार नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गणको मोबाइल टोलीले रोकिराखेको अवस्थामा रहेको बेवारिसे युपी १६ एजे ३३०१ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा बोरामा लुकाइराखेको २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने ७.६२ एमएमका ६ थान गोली फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)