विदेशमा रहेका नेपालीलाई मतदाताको व्यवस्थाबारे दलहरूसँग आयोगको परामर्श
nayapatrikadaily.com · Sat Feb 10 00:26:00 GMT 2024
निर्वाचन आयोगले संघ र प्रदेश संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग परामर्श गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने १५ राजनीतिक दलका प्रतिनिधिसँग विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतको आदेश कार्यान्वयन, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था र स्थानीय तहबाटै मतदाता नामावली दर्ताको विषयमा छलफल गरिएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ र ‘स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मस्यौदाबारे जानकारी गराएका थिए । प्रवक्ता पौडेलका अनुसार आयोगको मस्यौदामाथि टिप्पणी गर्दै दलका प्रतिनिधिले स्थानीय तहबाट नामावली दर्ताको विषयमा सकारात्मक रहेको धारणा राखेका थिए । तर, दलहरूबाट फरक–फरक धारणा आएका थिए । ‘स्थानीय तहबाट मतदाता नामावली संकलनमा दलहरूको एकै धारण देखियो । विदेशमा रहेकाको मतदाता नामावली दर्ताको कार्यविधिमाथि दलहरूको मिश्रित धारणा आयो,’ प्रवक्ता पौडेलले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)