सकियो ‘सारर्थी' को छायांकन
nagariknews.nagariknetwork.com · Mon Jun 01 10:29:40 GMT 2026

निर्देशक कुमार गजुरेल निर्देशित चलचित्र ‘सारर्थी’को छायांकन सकिएको छ। अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहको मुख्य भूमिका रहेको सारर्थीको छायांकन म्याग्दीको हिमाली गाउँ गुर्जा खानी क्षेत्रमा गरिएको हो ।गत बैशाख १५ गतेबाट छायांकन सुरु भएको चलचित्रको सम्पुर्ण छायांकन सकिएको छ।
निर्देशक कुमारका अनुसार यो चलचित्रको अब काठमाडौंको एक दिनको छायांकन बाँकी छ। त्यो पनि केही दिनमा सकेर पोस्ट प्रोडक्सनमा लाग्ने बताए। चलचित्रको पोष्ट प्रोडक्सन सकिएसँगै प्रदर्शन मिति घोषणा गरिने निर्देशक गजुरेल बताउँछन् । म्याग्दीको दुर्गम तर प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानमा छायांकन सम्पन्न गरी निर्माण टिम काठमाडौं फर्किदा उत्साहित देखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)