हिजो पेलेरै बैठक चलाएका सभामुखले आज भने- न मैले नियमावली मिचेको छु, न पेलेको छु
shilapatra.com · Mon Jun 01 10:34:56 GMT 2026

सभामुख डीपी अर्यालले सोमबार प्रतिनिधिसभा बैठक १५ मिनेटको स्थगित गरेका छन् । सोमबारको बैठकमा विपक्षी दलहरूले नेपालले भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले रोस्ट्रममा आएर माफी माग्नुपर्ने माग गर्दै विरोध जनाएका थिए ।
विपक्षी दलहरूले उभिएर विरोध जनाएपछि सभामुख अर्यालले पटक–पटक बस्न आग्रह गरेका थिए । आफूले विपक्षी दलका प्रमुख सचेतकहरूलाई कार्यव्यवस्था परामर्श समितिको छलफलमा डाके पनि अनुपस्थित भएको बताए । उनले अन्य सांसदहरूको बोल्न पाउने अधिकार रहेको भन्दै विपक्षी दलहरूलाई बैठकमा अवरोध नगर्न आग्रह गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
सभामुख डोलप्रसाद अर्याल