राजस्व बढे पनि पुँजीगत खर्च बढाउन सरकारमाथि दबाब, विकास बजेट कार्यान्वयन मुख्य चुनौती
aarthiknews.com

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारको राजस्व संकलन अघिल्लो वर्षको तुलनामा बढे पनि कुल खर्च आम्दानीभन्दा ९ अर्ब ७३ करोड रुपैयाँ बढी भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन र भदौमा सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने कुल प्राप्ति १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपैयाँ छ।
गत वर्षको सोही अवधिमा सरकारको राजस्व संकलन १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ थियो। चालु वर्षको पहिलो दुई महिनामा राजस्व १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा राजस्व संकलन २५ अर्ब ६७ करोड रुपैयाँ अर्थात् करिब १६.३ प्रतिशतले बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)