सडकमा घुँडा टेकेकी ती एउटी महिला, जसको अगाडि बन्दुक बोकेका सैनिकहरू पनि हात जोड्न बाध्य भए!
barnanmedia.com · Thu Sep 17 05:19:03 GMT 2026

सन् २०२१ को मार्च ८। म्यान्मारको कचिन राज्यस्थित म्यित्क्यिना शहरको सडकमा त्रास र तनाव चरम उत्कर्षमा थियो। सैन्य कूपछि लोकतन्त्रको माग गर्दै सडकमा उत्रिएका युवाहरूमाथि बन्दुकधारी प्रहरी र सेनाले क्रूर दमन तीव्र बनाइरहेका थिए। अश्रुप्यास र गोलीको गर्जनबीच ज्यान जोगाउन भागिरहेका युवाहरूलाई जोगाउन ४५ वर्षीया क्याथोलिक नन सिस्टर एन्न रोज नु त्वाङ सोझै हतियारधारी फौजको अगाडि पुगिन्।
सेतो पोशाकमा सडकको धुलोमा घुँडा टेकेर, दुवै हात फैलाउँदै उनले कडा स्वरमा पुकारिन्— "यी निहत्था युवाहरूलाई केही नगर, यदि गोली नै हान्नु छ भने पहिले मलाई मार!"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)