विद्यार्थी कुटपिट आरोपमा बैतडीका प्रधानाध्यापक पक्राउ
gorkhapatraonline.com · Thu Jun 25 06:12:04 GMT 2026

बैतडीमा एक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–९, तल्लादेहीस्थित खेती माध्यमिक विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रधानाध्यापक भण्डारीमाथि सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीय विद्यार्थी तेजसिंह भण्डारीलाई कुटपिट गरेको आरोप लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)