क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव
nepalnews.com · Thu Sep 17 05:32:08 GMT 2026

फ्रान्स। युरोपेली संघ (इयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै उसलाई संघको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव गरेको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार विद्यमान व्यापार सम्झौताभन्दा अघि बढेर क्यानाडासँग व्यापक साझेदारी निर्माण गर्न प्रस्ताव गरेकी हुन्।
स्ट्रासबर्गस्थित युरोपेली संसदमा आफ्नो वार्षिक सम्बोधनका क्रममा उनले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग ‘भविष्यका लागि गठबन्धन’ निर्माण गर्न आह्वान गरे। उनले क्यानाडा र युरोप लोकतन्त्र तथा समान मूल्यमा विश्वास गर्ने भएकाले सम्बन्धलाई सम्भव भएसम्म उच्च तहमा पुर्याउन चाहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)