सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश दिने, नगद र बोनस सेयर कति ?
clickmandu.com · Thu Sep 17 05:31:58 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरूलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको २०८३ असोज १ गते बसेको बैठकले आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य मुनाफा तथा ऋणपत्रको पुँजी समायोजन कोषबाट हाल कायम चुक्ता पुँजीको १०% बोनस सेयर र कर प्रयोजनसहित १०% नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर र सोही रकम बराबरको नगद लाभांश वितरण गर्ने प्रस्तव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)