चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दरखास्त आह्वान, कसरी दिने आवेदन ?
corporatenepal.com · Thu Sep 17 05:33:36 GMT 2026

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले सूचना प्रकाशित गर्दै बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि इच्छुक योग्य व्यक्तिबाट आवेदन माग गरेको हो ।
मन्त्रालयका अनुसार अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकाले इच्छुक तथा योग्य व्यक्तिले तोकिएको मितिभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन असोज ७ गते बुधबार कार्यालय समयभित्र मन्त्रालयमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)