चेक गणतन्त्रलाई ३–० ले हराउँदै मेक्सिको नकआउट चरणमा
kalakarmi.com · Thu Jun 25 06:30:59 GMT 2026

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मेक्सिको राष्ट्रिय फुटबल टोली नकआउट चरणमा प्रवेश गरेको छ । मेक्सिकोले निर्णायक खेलमा चेक गणतन्त्र राष्ट्रिय फुटबल टोली लाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिको सिटी स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले सुरुआती समयदेखि आक्रामक खेल प्रदर्शन गरे पनि पहिलो ४५ मिनेटमा कुनै पनि टोलीले गोल गर्न सकेनन् । चेक गणतन्त्रले केही अवसर सिर्जना गरे पनि मेक्सिकोको रक्षापंक्तिले मजबुत प्रदर्शन गर्दै विपक्षीलाई गोल गर्नबाट रोकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
फिफा