नेपालले आज इन्डोनेसियासँग खेल्दै
annapurnapost.com · Thu Sep 17 05:38:12 GMT 2026
काठमाडौं : २० औं एसियन गेम्स अन्तर्गत समूह 'ए' मा रहेको नेपालले आज दोस्रो खेल इन्डोनेसियासँग खेल्दैछ। नेपाल र इन्डोनेसियाले नेपाली समयअनुसार ४ः०५ मा पार्क एरिना कोमाकीमा खेल्नेछन्। जापानको आइची नागोयामा भइरहेको एसियन गेम्समा नेपालले पहिलो खेलमा घरेलु टोली जापानसँग ३–० को सोझो सेटले पराजित भएको थियो।
महिला भलिबलतर्फ १४ टिमलाई ४ समूहमा विभाजन गरि खेलाइएको छ। यदि नेपालले आज इन्डोनेसियालाई पराजित गरेको खण्डमा नकआउट चरणमा प्रवेश गर्ने सम्भावना रहन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)