उद्धारमा कहाँ चुक्यो सरकार
annapurnapost.com · Thu Sep 17 05:43:18 GMT 2026

भोटेकोशी बाढीको तीन हप्ता बितिसकेको अवस्थामा अब प्रश्न राहत कति बाँडियो, सरकारले के भन्यो, प्रधानमन्त्री र गृहमन्त्रीले के भने भन्नेमात्र होइन, उद्घारका लागि राज्यले उपलब्ध सम्पूर्ण ज्ञान, प्रविधि, विज्ञता र जनशत्तिाm सही समयमा सही ढंगले प्रयोग ग¥यो कि गरेन भन्ने प्रश्न उठ्न थालेको छ। जुन स्वाभाविक हो।
२०८३ भदौ १० गते रसुवाको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको तीन हप्ता बितिसकेको छ। बाढीको पानी घट्दै गएको र यसको त्रास पनि केही कम भएको छ। तर बाढीबाट प्रभावित परिवारजनको पीडा भने घट्दो होइन, बढ्दो छ। किनकि दिनहरू थपिँदै जाँदा बेपत्ताहरूको सकुशल उद्धारको समय घर्किंदै गएको छ। कैयौं परिवारजन अहिले पनि आफन्तको खोजीमा छन्। सयौं स्वदेशी तथा विदेशी नागरिकले आफ्ना प्रियजन गुमाएका छन्। धेरै नागरिकले प्रियजनसँगै घर, सम्पत्ति र रोजगारीसमेत गुमाएका छन्। दिन बित्दै जाँदा उनीहरूमा भविष्यको चिन्ता पनि बढ्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)