ईयूमा १३ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध तयारी
baahrakhari.com · Thu Sep 17 05:47:00 GMT 2026

काठमाडौं । युरोपेली संघ (ईयू)मा १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने योजना अघि सारिएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयनले यस्तो योजना घोषणा गरेकी हुन् ।
फ्रान्सको स्ट्रासबर्गमा युरोपेली संघका सांसदहरूलाई सम्बोधन गर्दै उनले ठूला प्रविधि कम्पनीको प्रभाव सीमित गर्न सकिने बताइन् । उनले भनिन्, “धेरै मानिस ठूला टेक कम्पनीहरूको शक्तिलाई अत्यधिक र कहिल्यै परिवर्तन गर्न नसकिने ठान्छन् भन्ने मलाई थाहा छ, तर म यसमा सहमत छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)