सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री रावलले मागे सुरक्षाकर्मी
onlinekhabar.com · Thu Jun 25 06:34:31 GMT 2026

११ असार, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले सुरक्षाकर्मी माग गरेका छन् । प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका रावलले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा निवेदन दिँदै सुरक्षाकर्मी(पीएसओ) मागेका हुन् ।
रावलले आफूमाथि सुरक्षा थ्रेट भएको भन्दै सुरक्षाकर्मी उपलब्ध गराउन माग गर्दै १ असारमा निवेदन पेश गरेको प्रशासनले जनाएको छ । रावलले निवेदनमा भनेजस्तै उनलाई ‘सुरक्षा थ्रेट छ ?, छैन ? ’ भन्नेबारे प्रशासनले अध्ययन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)