कहिले पूरा होला ढुङ्ग्रेबासीको बिजुली बाल्ने सपना ?
ekantipur.com · Tue Dec 02 18:13:22 GMT 2025

उदयपुर — उदयपुरगढी गाउँपालिका–४ ढुङ्ग्रेकी पानमाया मगरको घरमा बेलुका अँधेरो नहुँदै खाना पाक्छ । किनकि, राती खाना पकाउन उनको घरमा बिजुली छैन । ५८ वर्षीया पानमाया र उनका ६३ वर्षीय श्रीमान् बुर्जमान मगर दुवै जना बोल्न सक्दैनन् । कमजोर आर्थिक अवस्थाका उनीहरूसँग घरमा सोलार राख्ने पैसा पनि छैन । ४८ वर्षीया लुद्री मगरको घरमा पनि सोलार छैन । राती यताउता हिँड्नुपर्दा उनीहरू अगुल्टो, बाँसको भाटा र सल्लाको दियालो प्रयोग गर्छन् ।
पानमाया र लुद्री मगरजस्तै ढुङ्ग्रेका ५५ घरधुरी अहिले अन्धकारमा जीवन बिताइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)