मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलियाको विद्यार्थी भिसामा कडाइ, पति–पत्नी र सन्तान ल्याउन रोक

kendrabindu.com · Thu Sep 17 05:51:49 GMT 2026

सिड्नी । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारलाई दिइँदै आएको भिसा सुविधामा कडाइ गर्ने भएको छ। नयाँ व्यवस्थाअनुसार अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययनका क्रममा आफ्ना पति–पत्नी, पार्टनर वा सन्तानलाई अस्ट्रेलिया ल्याउन नपाउने भएका छन्।

गृह मामिला मन्त्री टोनी बर्कले आप्रवासन प्रणालीमा सुधार गर्दै नेट ओभरसिज माइग्रेसन घटाउने योजनाअन्तर्गत विद्यार्थी तथा ग्राजुएट भिसासम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेका हुन्। सरकारको लक्ष्य सन् २०२८ सम्म वार्षिक शुद्ध विदेशी आप्रवासनलाई २ लाख २५ हजारमा झार्ने रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)