भद्रपुर भन्सारमा लक्ष्यभन्दा बढी उठ्यो राजस्व, कुल लक्ष्यको ११८.३४ प्रतिशत राजस्व संकलन
himalpress.com · Thu Sep 17 05:53:08 GMT 2026

झापा- भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिना (साउन र भदौ) मा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले यस अवधिमा रु चार करोड ६६ लाख ४९ हजार ५४० राजस्व असुली गरेको हो । यो दुई महिनाका लागि निर्धारित कुल लक्ष्यको ११८ दशमलव ३४ प्रतिशत हो।
कार्यालयका प्रमुख भन्सार अधिकृत प्रभुनारायण मेहताका अनुसार सीमा क्षेत्रमा चोरी, पैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै वैधानिक रुपमा भन्सार नाकाबाट हुने आयातमा वृद्धि भएकाले राजस्व असुलीमा सुधार आएको हो । विशेषगरी यस अवधिमा साडी, कुर्तासलवारलगायत कपडाको आयात बढेको मेहताले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)