दुई महिनामा लक्ष्यको ११.५८% राजश्व संकलन, खर्च २ खर्ब पुग्यो
clickmandu.com · Thu Sep 17 05:52:55 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८३-८४ को शुरूआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपैयाँ बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च एक खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपैयाँ बराबर छ । जुन वार्षिक लक्ष्यको ९.४१ प्रतिशत हुन आउँछ ।
कार्यालयका अनुसार सरकारले चालु शीर्षकमा हालसम्म ९.६ प्रतिशत बजेट खर्च गरेको हो । यो शीर्षकमा चालु आर्थिक वर्षका लागि १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा एक खर्ब २२ अर्ब तीन करोड ५४ लाख रुपैयाँ खर्च भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)